बैशाख १५, २०८१, शनिबार
               

आज पनि केही स्थानमा हावाहुरीसहित वर्षा हुने

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा हल्का परिवर्तन भइ केही उच्च हिमाली जिल्लामा वर्षा र हिमपात कायम नै रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । साथै, प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुइ स्थानमा मेघगर्जन, र चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी राति पनि प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । साथै, प्रदेश १ लगायत पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि