बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन भएको छ ।

पहिलेको तुलनामा मौमि परिवर्तन भइ काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा सफा देखिएको छ । त्यस्तै,  दिउँसो पनि देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ ।

देशभर केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ भने  प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि