असोज ०६, २०८१, आइतबार
               

आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । भर्चुअलको माध्यमबाट विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइँने तयारी गरिएको छ । सो दिवसको नारा ‘महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने रहेको छ ।

महिला अधिकारको क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेपछि २०७६ सालदेखि यो दिवस मनाउन लागिएको हो । 

आमा वा बुवामध्ये एकजनाको नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ ।

यी विषयलाई सरकारले उपलब्धिका रुपमा लिएपनि त्यसको कार्यन्वयन भने अत्यन्तै न्यून रहेको छ । सरकारले दिवस मनाउने निर्णय गरेपछि पहिलो वर्ष औपचारिक कार्यक्रम गरि मनाए पनि गत वर्ष पनि कोरोना भाइरसका कारण कार्यक्रम भर्चुअलमै सीमित बनेको थियो । 

यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानताको नीति प्रभावकारी कार्यान्वयनबाट मात्रै महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य हुने बताएकी छन् ।

लामो समयदेखि समाजमा विद्यमान पितृसत्तात्मक एवं पुरातन सोचका कारण महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा पछाडि पारिएकोले सांस्कृतिक रूपान्तरणका लागि सबैले निरन्तर प्रयास जारी राख्नुपर्ने सन्देशमा उल्लेख गरिएको छ । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै लामो समयदेखिको असमानताको समाजिक अभ्यासबाट मुक्त हुन संवैधानिक र कानुनी प्रबन्धले मात्रै पर्याप्त नहुनेमा जोड दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि