असोज ०६, २०८१, आइतबार
               

उज्वल थापाको उपचार खर्च बेहोर्ने बीएन्डसी अस्पतालको प्रस्ताव अस्वीकार

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

बीएन्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार खर्च बेहोर्ने गरेकाे घोषणा अस्वीकार भएकाे छ । 

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार खर्च अभाव भएकाे भन्दै सामाजिक सञ्जालमा सहयोगका लागि अनुरोध भएकाे थियो । त्यसपछि विवादिन व्यवसायी तथा बीएन्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले सबै उपचार खर्च व्यहाेर्ने घोषणा गरेका थिए । 

दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उनले दिने भनेको सहयोग आवश्यक नपर्ने विवेकशील साझाका अध्यक्ष मिलन पाण्डेले फेसबुकमार्फत् जनाएका हुन् । साथै उज्वल थापाको उपचारका लागि हालसम्म २६ लाख ५० हजार रुपैयाँ संकलन भएको समेत उनले जानकारी दिए । उनले सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैलाई धन्यवाद समेत दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि