बैशाख ०८, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भएको छ । केही दिनदेखि लगातार वर्षा भएपछि आज भने वर्षा रोकिएर केही परिवर्तन भएको अनुमान गरिएको हो ।

त्यस्तै, आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको महाशाखाको भनाइ छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि