बैशाख १५, २०८१, शनिबार
               

पाल्पा र दाङमा निषेधाज्ञा थपियो

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार  प्रशासनले  यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । 

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन  लम्ब्याउने निर्णय गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि