मंसिर ०१, २०८१, शनिबार
               

प्रतिनिधिसभा विघटनसम्बन्धी आजको बहस सकियो

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि शुक्रबारको बहस सकिएको छ । आज सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो।

प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको हो ।

सुनुवाइका क्रममा पहिलो दिन संवैधानिक इजलासले रिट निवेदकको बहस सुनेको थियो । विभिन्न पाँच राजनीतिक दलको तर्फबाट  प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेलगायतका माग राखेर दिएकाे निवेदनमाथि संबैधानिक इजलासमा सुनुवाइ भइरहेकाे हाे ।

 


कस्तो लाग्यो ?

यो पनि