संवैधानिक इजलासका न्यायाधीशमाथि कानुन व्यवसायीले प्रश्न उठाएका छन् । आजदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका क्रममा प्रश्न उठेकाे हाे ।
संबैंधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।
तर अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकामा प्रश्न उठाए । न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग हुने फैसला गरेको थियो ।
‘बमकुमार श्रीमानको फैसलाले कम्युनिस्ट पार्टी दुई टुक्रा बनाएको थियो’ उनले भने । तर प्रधानन्यायाधीश जबराले राेक्दै व्यक्तिपिच्छे भन्ने हाे भने अर्कोले अर्कोलाई भन्ला तर जजलाई विश्वास गर्नुपर्ने बताएका छन् ।
यसअघि वरिष्ठ अधिवक्ता बन्दीले भने- मैले सामाजिक सञ्जालहरू हेरेँ, अनलाइन मिडिया हेरेँ, गत फागुन २३ को फैसलाले न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठेको छ। उहाँले संवैधानिक इजलास छाड्नु शोभनीय हुन्छ ।’