जेठ ०७, २०८१, सोमबार
               

नवलपुरमा निर्माणाधीन पुल बाढीले बगायो, गुणस्तरमा आशंका

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । देशका विभिन्न भागमा पानी परेसँगै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन पुल बगाएको छ ।

२३ करोड लागतमा निर्माणाधीन पुल चुँदी कन्ट्रक्सन प्रालि सानेपाले बनाइरहेको छ । पुलले चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने छ । पुलको लम्बाइ २१० मिटर छ ।

सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपरे पनि ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुनसक्ने बताए ।

पुल बगाउँदा ६ करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान छ । पुल बाढीले बगाएपछि गुणस्तरमा कमजोर रहेको आशंका सिन्धुलीको फिक्कल गाउँपालिका २ का वडाध्यक्ष शंकर भण्डारीको रहेको छ ।

पुलको ४० मिटर भागको ढलान बुधबार मात्रै गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि