असोज ०६, २०८१, आइतबार
               

२ हजार मजदूर परिवारलाई राहत वितरण

नेपाल फ्ल्यास
जेठ १३, २०७८

सांकेतिक
ADVERTISEMENT

औद्यवगिक क्षेत्रका करिब २ हजार मजदूर परिवारलाई एशियन थाई फुड्स, सोनापुर सुनसरीले राहत वितरण गरेको छ । बन्दाबन्दीको मारमा परेका सुनसरी, मोरङ्ग औद्योगिक क्षेत्रभित्रका कामदारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो । 

एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाका अनुसार प्रति परिवारलाई ४, ५ दिनसम्म पुग्ने गरि चामल, दाल, खानेतेल, नुन, चाउचाउ, बिस्कुट, मस्यौरा, मास्कलगायत राहत सामग्री उपलब्ध गराइएको हो ।

एशियन थाई फुड्सका अनुसार करिब २५ लाख बराबरका राहत सामाग्री वितरण गरिएको छ । नेपाल उद्योग परिसंघको समन्वयमा उक्त राहत उपलब्ध गराइएको हो ।

अहिलेको कठिन परिस्थितिमा कतिपय कामदार भोकले पीडित हुने अवस्था आएकोले कम्पनी जनताको समस्या समाधान गर्न तयार रहेको कम्पनीका प्रवन्ध निर्देशक महेश जाजुले बताए।


कस्तो लाग्यो ?

यो पनि