असोज ०६, २०८१, आइतबार
               

इच्छुकका स्मृतिमा स्वास्थ्य सामग्री वितरण

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १९औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर ताप्लेजुङले स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घलाई स्यानिटाइजर चार लिटर, मास्कलगायत स्वास्थ्य सामग्री  सेन्टरले उपलब्ध गराएको छ । ताप्लुेजुङमा कार्य क्षेत्र बनाएर समाचार सङ्कलन गर्ने पत्रकार सबैको हातहातमा पुग्ने गरी एकमुष्ट महासङ्घलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

 नागरिकलाई सचेत गराउने पत्रकारको दायित्व भएको भन्दै  सुरक्षित भएर समाचार सङ्कलन गर्नका लागि  स्वास्थ्य  सामग्री महासङ्घमार्फत पत्रकारलाई उपलब्ध गराइएको प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रयास पन्दाकले बताए । 

देशभर कोभिड–१९बाट सङ्क्रमित पत्रकारको  स्वास्थ्यलाभको कामना व्यक्त गर्दै इच्छुकले नेपाली पत्रकारितामा दिएको योगदानलाई सबैले सम्मान गर्नुपर्ने  पन्दाकले बताए । 


कस्तो लाग्यो ?

यो पनि