असोज ०६, २०८१, आइतबार
               

८२२ विपन्नलाई खाद्यान्न सहयोग

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

जाजरकोट ।  छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिए । 

कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका  विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन् । करिब ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिए । त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले १५ हजार सहयोग गरेको कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि