बैशाख १४, २०८१, शुक्रबार
               

मौसम : आज पनि भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार मंगलबार रातिदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा रातभर वर्षा भइ बुधबार (आज) बिहानसम्म रोकिएको छैन । हालसम्म खुल्ला आकाशमा कालो बादल मडारिइरहेको महाशाखाले जनाएको छ ।

साथै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

त्यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १ को एकण्ûदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि