असोज ०६, २०८१, आइतबार
               

अस्पताललाई १२ लाखको स्वास्थ्य सामग्री

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

यहाँका एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आएका मोहन गुरुङ (तिला) र बीना गुरुङले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त परिवारले बुबा यामबहादुर गुरुङमार्फत वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणलाई सामग्री उपलब्ध गराएका हुन् । नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन कक्षमा प्रयोग गर्ने गरी सहयोग गरेको यामबहादुरले बताए । 

“हामीले उपलब्ध गराएको स्वास्थ्य सामग्री कोभिडका समयमा र पछिल्लो समयमा पनि उत्तिकै उपयोगी हुने गरी उपलब्ध गराएका छौं”, उनले भने । अस्पतालका प्रमुख डाक्टर सरोज थापाले दाताले अस्पताललाई आवश्यकता खड्केको सामग्री उपलब्ध गराएर बिरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।

बिरामी परीक्षण गर्ने मोनिटर ५ थान, ह्वील चियर १० थान, स्टे«चर १० थान, १०० लिटरको अटोक्लेम मेसिन १ थान, पिपिई सेट १०० थान, बिरामी बोक्ने ट्रली २ थान, एण्टिजिन टेष्ट कीट ५० पिस, एन नाईन्टी फाईभ मास्क ३०० थान अस्पताललाई उपलब्ध गराइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि