असोज ०६, २०८१, आइतबार
               

हिउँचितुवाको सङ्ख्या बढ्यो

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँचितुवा रहेको अनुमान गरिएकामा अहिले यो सङ्ख्या बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्रका ओलाङ्चुङ्गोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँचितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ ।

पछिल्लो समयमा लेलेप–९ राम्देन शिरमा नाउरको शिकार गर्दै गरेको हिउँचितुवाको तस्बिर क्यामरामा कैद भएको थियो । याम्फुदिन राम्जेल ब्लक, घुन्सा क्षेत्रको घुन्सा भ्याली, याङमा भ्याली र गोला भ्यालीमा हिउँ चितुवा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए । 

हिउँचितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा १९ देखि २९ वटासम्म हिउँचितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि