असोज ०६, २०८१, आइतबार
               

२ सन्तानसहित झुण्डिएर आमाले गरिन् आत्महत्या

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

प्युठानमा दुई सन्तानसहित एक आमाले झुण्डिएर आत्महत्या गरेकी छन् । प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा उनीहरूकाे शव भेटिएकाे प्रहरीले जनाएकाे छ । 

नगरपालिकाको वडा नं. २ की २६ वर्षीया गायत्री सुनारले ६ वर्षकी छोरी र अन्दाजी डेढ वर्षको छोरासहित सालकाे रुखमा झुण्डिएए आत्महत्या गरेकी हुन् । 

एउटै डोरीमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार विवरण आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि