बैशाख २०, २०८१, बिहीबार
               

जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

बारा । जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।  रौतहटको गुजरा नगरपालिकास्थित खतवैयाबाट जन्ती सवार सो बस बाराको मानमत कलैया सडकखण्डको जितपुर सिमरा उपमहानगरपालिका १६मा दर्घटना हुँदा उल्लेखित संख्यामा मानिसहरु घाइते भएका हुन् । 

ना४ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सडकको बाँया पट्टि खेतमा पल्टिएको प्रहरीले जनाएको छ । ४० जना सवार रहेको बसमा ५ जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा बालबालिका समेत छन् ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज लगिएको छ। अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको छ । 

प्रहरीले बस चालक रौतहट चंद्रपुर-८ का ३० वर्षीय अकलेश चौधरी बसलाई जैतापुर प्रहरीको नियन्त्रणमा थप अनुसन्धान थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि