बैशाख २०, २०८१, बिहीबार
               

स्वार्थी शासकको अपराधलाई जनताले माफी दिने छैनन्: पूर्वराजा शाह

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीका बेला असामयिक राजनैतिक जालझेल सृजना गरी जन दायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिल्यै माफी नदिने बताएका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनप्रति लक्षित गर्दै शाहले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । शाहले भनेका छन् , 'यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’


कस्तो लाग्यो ?

यो पनि