जेठ ०९, २०८१, बुधबार
               

धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउन बारको आग्रह

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालत बार एसाोसिएसनले राष्ट्रपतिलाई संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउने कार्यमा मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको उल्लेख गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिबाट गरिएको आह्वानपश्चात् शुक्रबार बारले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

‘संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्दछ । सोबमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा मात्र सोही धाराको उपधारा (५) बमोजिमको सरकार गठन गर्नको लागि राष्ट्रपतिबाट आह्वान गर्नुपर्ने हुन्छ ।’

केही बेरअघि मात्रै विपक्षी गठबन्धनले सरकार बनाउनका लागि १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगेका छन् । एक स्रोतका अनुसार विपक्षी गठनबन्धन सांसदको हस्ताक्षर लिएर शितल निवास पुग्नुअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि