असोज ०६, २०८१, आइतबार
               

सीता जयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य  गर्ने  प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन् । 

उनले आज दिएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक– सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरिन् । 

धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा सदा चित्रण गरिएकी  जनकनन्दिनी तथा जगज्जननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै राष्ट्रपतिले  राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको जनाइन् । 


कस्तो लाग्यो ?

यो पनि