असोज ०६, २०८१, आइतबार
               

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

पोखरा । कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

थप गरिएको निषेधाज्ञा जेठ सात गते राती १२ बजेदेखि जेठ १४ गते राती १२ बजेसम्म कास्की जिल्लाभर लागू हुने निर्णय भएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने, मर्निङ वाक र इभिनिङ वाकमा जान नपाइने, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न नपाइने, मानिसहरू भेला हुन र भिडभाड गर्न नपाइने उल्लेख गरिएको छ ।

निषेधाज्ञा अवधिमा एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारी साधन बढीमा दुई जना राखेर चल्न पाइने, दमकल, शव वाहन, खाद्य सामग्री, तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधन, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारीहरू, अत्यावश्यक कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरू बाहेकका कास्की  जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालन गर्न पाइने छैन ।

विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरू पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाउने, आफ्नो प्रत्यक्ष संलग्नतामा भई गर्नुपर्ने मृत्यु संस्कार बाहेकका गतिविधिमा संलग्न नहुन पनि प्रशासनले आदेश जारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि