जेठ ०६, २०८१, आइतबार
               

युवतीको विभत्स हत्या

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा एक महिलाको विभत्स हत्या भएकाे छ । प्रहरीले बुधबार बिहान घाँटी रेटेर हत्या भएकाे अवस्थामा शव फेला पारेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तिलुवाचोक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे महिलाको शव भेटिएको हो ।रंगेली नगरपालिका–३ का बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको शव भेटिएकाे प्रहरीले जनाएकाे छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि