कात्तिक ३०, २०८१, शुक्रबार
               

सर्लाहीमा शिकारी र प्रहरीबिच दोहोरो गोली हानाहान

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथमा प्रहरी र शिकारीबीच दोहोरो गोली हानाहान भएको छ । त्यस स्थानबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

चार–पाँच जनाको समूहका रहेका शिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीन–चार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढुङ्गानाले बताए । शिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि हवाई फायर गरी अन्य शिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ ।

गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२ प २५२२ नंको मोटरसाइकल र बिआर ३० यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि