जेठ ०७, २०८१, सोमबार
               

बाढीले बाजुराको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

बाजुरा । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका– २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । बिहीबार अपराह्न अपराह्न बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि