जेठ ०७, २०८१, सोमबार
               

बलात्कार आरोपमा युवकलाई आठ वर्ष कैद

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

 जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि