जेठ ०३, २०८१, बिहीबार
               

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केन्द्रीय राजधानी काठमाडौं उपत्यकालगायत केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का घामको किरण देखिएको छ ।

साथै, दिउँसो पनि देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, देशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

यसैगरी राति पनि देशका पहाडी भू–भागका धेरै स्थानहरूमा पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि