जेठ ०३, २०८१, बिहीबार
               

पौडी खेल्दा त्रिशूलीमा युवक बेपत्ता

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

चितवन । त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर  महानगरपलिका–१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार त्रिशूलीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि