असोज ०६, २०८१, आइतबार
               

कालोबजारी रोक्न खाद्यान्न अनलाइनबाट बिक्री

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

कोरोना संक्रमण दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै सरकारले संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकासहित १६ जिल्लामा लकडाउन (निषेधाज्ञा) लागू गरेको छ ।

काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञाको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध गराउन ४ स्थानमा  बिक्री केन्द सञ्चालन सुरु गर्ने भएको छ ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा हुनसक्ने कालोबजारी रोक्न र खाद्य बस्तुको अभाव हुन नदिन सेवा शुरू गर्न लागेको कम्पनीले जनाएको छ ।  
कम्पनीले थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा बिक्री कक्ष राखेर उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु लगायत खाद्यान्न बिक्री गर्ने तयारी गरेको छ ।

सूर्यविनायक र रामशाहपथको बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म साथै नख्खुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।

सामान निःशुल्क होम डेलिभरी गर्नुका साथै कम्पनीले नेपाल फुड तथा सस्तो डिलमार्फत अनलाइन अर्डर गर्ने व्यवस्थासमेत मिलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि