जेठ ०५, २०८१, शनिबार
               

रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जलेर नष्ट

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

खलंगा । जिल्लाको त्रिवेणी गाउँपालिकाकाे पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् ।

घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले बताए । उनका अनुसार घटनामा कुनै मानवीय क्षति नभए पनि १६ बाख्रा र ७ गाई मरेका छन् ।

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । ‘यो दमकल आउन सक्ने ठाउँ होइन, मोटो र सेउलाले छोपेर धेरै हदसम्म आगो नियन्त्रणमा आइसकेको छ’ उनले भने । 

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र गाउँले खटिएका थिए । सुरुमा उनीहरु जंगलमा लागेको आगो निभाउँदा खटिएका कारण गाउँमा ठूलो क्षति भएको भनिएको छ ।

आगलागीका कारण खानेपानीका पाइप जलेका छन्, विद्युत् समेत अवरुद्ध छ ।

बुधबार बिहान प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीसहितको टोलीले आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि