जेठ ०६, २०८१, आइतबार
               

श्रीमतीको हत्या

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ । 

मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमानकाे खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् । 


कस्तो लाग्यो ?

यो पनि