असोज ०५, २०८१, शनिबार
               

ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान फरार

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी श्रीमती विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी एक चार वर्षीया छोरी छन् । 


कस्तो लाग्यो ?

यो पनि