मंसिर ०७, २०८१, शुक्रबार
               

आज केही स्थानमा हावाहुरीसहित वर्षा हुने

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित केही अन्य जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ घाम लागेको छ ।

साथै, केही उच्च पहाडी जिल्लाहरुमा हल्का हिमपात भएको छ । त्यस्तै, दिउसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि हिमपात, मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको पनि सम्भावना रहेको बताइएको छ । यसैगरी राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि