असोज ०५, २०८१, शनिबार
               

समाजसेवी भूमिकाको जन्मदिन अनाथालयमा

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

हिन्दु धर्म दर्शनले भनेको छ ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ । अर्थात् ‘असहाय, पीडित, दीन–दुःखी मानिसको सेवा नै भगवानको सेवा हो ।’ 

पछिल्लो समय दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरूका कारण समाजसेवा  फेसन बनेको छ । समाजसेवा नगरे पनि समाजसेवी देखाउन चाहनेहरूको होडबाजी नै चलेको छ । 

समाज सेवा के हो भन्ने कुरा स्पष्ट नभए पनि हाम्रो सभ्यतामा समाजसेवा प्रशंसनीय कार्य हो, समाजसेवी आदर्श व्यक्ति हो । अहिले नेपालमा सेवा कै नाममा अनेक संस्था, सङ्गठन खुलेका छन् । यहाँ सेवाकै नाममा धेरैको रोजीरोटी चलेको छ । धेरै व्यक्ति समाजसेवी बनेका छन् । सामाजिक सञ्जालमा फोटो पोष्टाउँदै युटुवमा अन्तरवार्ता दिनेहरूको लहड नै चलेको छ । 

यही भिडमा बिना प्रचारप्रसार नै रोग, भोक र शोकको पीडामा बाँचेकाहरूलाई सेवा गर्दै आएकी छिन् ‘भूमिका देवान ।’ धेरैजसो समय हंकङकमा बस्ने उनी केही समययता नेपालमै छिन् । कोरोना महामारीका कारण उनी पछिल्लो समय नेपाललाई नै कर्म क्षेत्र बनाइरहेकी छिन् । 

भूमिकाले न त कुनै सङ्घ संस्था खोलेकी छिन्, नत कुनै संगठनमानै आबद्ध छिन् । उनी स्व स्फूर्त समाजसेवामा सक्रिय छिन् । नत उनले गरेका कामहरू सामाजिक सञ्जालबाट प्रचार गर्छिन्, न त युटुवर भेला गरेर नै अन्तरवार्ता दिन्छिन् । भूमिका भने चुपचाप आफ्नो सेवा कर्ममा लाग्दै आएकी छिन् ।

पछिल्लो समय नेपालमा कतिपयले चन्दा शैलीमा पैसा उठाएर समाजसेवा गर्दै आएका छन् ।  तर भूमिका भने आफ्नै कमाइको केही प्रतिशत समाजसेवामा लगाउन रुचाउँछिन् ।

पछिल्लो पटक सोमबार मात्रै भूमिकाले आफ्नो जन्मदिनको अवसरमा स्नेहा आश्रममा सहयोग गरिन् । हाँस्य कलाकार सुलेमान शंकर (ईकू) ले संञ्चालन गरेको आश्रममा १४ जना अनाथ असहाय छन् । भूमिकाले ती सबैलाई स्कुल ब्याग तथा स्टेशनरी सामान वितरण गरेकी छिन् ।

उनले बर्थडे केक मात्रै काटिनन् अनाथ बालबालिकालाई समेत सहभागी गराएर सानो ‘बर्थडे पार्टी’ गरिन् । साथै ओम गर्ल होस्टेल चाबहिलकी सरस्वती श्रेष्ठले पनि स्नेहा आश्रममा रहेका बालवालीको भरण पोषणको लागि दश हजार रुपैयाँ प्रदान गरेकी छिन् । कार्यक्रममा प्रतिष्ठित व्यावसायी जोर्डन राजभण्डारी समेत सहभागी थिए ।

मानव सेवा गर्न तन, मन, धनको आवश्यकता पर्ने भूमिका देवान बताउँछिन् । उनी भन्छिन् ‘सेवा आफैमा महान् कार्य हो । तर सेवाको नाममा मेवा खाने र मेवाको नाममा ढेवाको कारोबार गर्नेहरू बढेकाले मैले साइलेन्स रुपमा सकेको सरसहयोग गर्दै आएको छु, मलाई प्रचारको आवश्यकता छैन ।’


कस्तो लाग्यो ?

यो पनि