बैशाख २३, २०८१, आइतबार
               

नेपाल प्रहरीको ‘मास्क खोइ’ अभियान

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीले ‘मास्क खोइ’अभियान सुरु गरेको छ। विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि सोमबारदेखि  ‘मास्क खोइ’ अभियान सुरु गरेकाे हाे ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उपत्यकामा उक्त अभियान सञ्चालन गरेको बताए । 

प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलङ्की चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ।  कलङ्की चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताइन्। प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलङ्की क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छोडेको छ।


कस्तो लाग्यो ?

यो पनि