बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आज देशभरकाे मौसम

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम सफा भएर घाम लागिरहेको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २ लगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । साथै, देशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि