असोज ०५, २०८१, शनिबार
               

मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले साेमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन साेमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ ।

कारबाहीस्वरुप उनीहरुबाट  एक हजार ८५० रुपैयाँ जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाइँको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?’, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

सुरुमा प्रहरीले ८०–९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि