असोज ०५, २०८१, शनिबार
               

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा कोरोना संक्रमित बढ्दै गएपछि कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुवै जिल्लामा किनमेल लगायतका विभिन्न बहाना बनाइ भारततर्फ जाने नेपालीहरुलाई गौरीफन्टा र गड्डाचौकी नाकामा कडाइ गरिने बताए । उपचार गर्न जानेहरुको हकमा सम्बन्धित स्वास्थ्य संस्थाको प्रेषण पूर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ रिजालले बताए ।

रोजगारीका लागि भारत जानेहरुले भने आधार कार्डलगायतका कागजपत्र देखाउनुपर्नेछ । यस्तै स्थलमार्ग भएर भारतबाट फर्किने नेपालीलाई स्वदेश प्रवेश गराउँदा सबैको अनिवार्य ज्वरो मापन र एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि