काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बैठकमा सहभागी एक स्रोतले जानकारी दियो । सो स्रोतका अनुसार लकडाउन हुने भनी सूचना जारी गर्ने तयारी भइरहेको छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले काठमाडौंलगायत सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।