असोज ०५, २०८१, शनिबार
               

धरान उपमहानगरपालिकामा दलित, भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

धरान । धरान उपमहानगरपालिकाले दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई पूर्जा वितरणका लगत संकलन सुरु गरेको छ । 

सो उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन आइतबारबाट सुरु गरिएको हो । 

झण्डै २० हजार जनसङ्सख्या भएको सो उपमहानगरपालिका १५ मा एक हजार १६० भूमिहीनको नाम संकलन गएिको छ ।

लगत सङ्लकन इकाइका संयोजक वेदप्रसाद सापकोटाका अनुसार आइतबारदेखि धरानको २० वटै वडाकार्यालयमार्फत् फारम वितरण र फारम भराउने कार्य सुरु गरिएको हो । 

विगत ३४ वर्षपछि यहाँ सुकुम्बासीले आफू बसोवास गरेको जग्गाको प्रमाणपत्र पाउन लागेको वडाध्यक्ष इवरामले बताए । सहजीकरण समितिमा नगरप्रमुख राई संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल सदस्य सचिव छन् । 


कस्तो लाग्यो ?

यो पनि