बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम बिहानैदेखि सफा

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं । धेरै लामो समयदेखि आज (शुक्रबार) केन्द्रीय राजधानी काठमाडौंलगायत देशका केही क्षेत्रमा बिहानैदेखि मौसम सफा देखिएको छ । केही दिन अगाडिबाट मौसम खराबी भएर हावाहुरीसहित चट्याङ र वर्षा भए पनि आज भने बिहानैबाट मौसम सफा भएर झलमल्ल घामको किरण देखिएको छ ।

त्यस्तै, दिउँसो पनि देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू(भागहरुमा आंशिक बदली रहने राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राती पनि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि