जेठ ०३, २०८१, बिहीबार
               

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने धेरै स्थानहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

साथै, राति पनि देशभर आँशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि