जेठ ०३, २०८१, बिहीबार
               

जंगलको डढेलो बस्तीमा पसेर पाँच घरगाेठ सखाप

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । जंगलको डढेलो बस्तीमा पसेर पाँच घरमा आगलागी भइ सखाप भएको छ । सल्यानको कुमाख गाउँपालिका– ३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्री गाउँको बस्तीमा पसेर पाँच घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वनमा लागेको डढेलो सोमबार दिउँसो राम्रीको गाउँमा पसेको थियो । आगोले नन्दराम वलीको १ घर र १ गोठ, क्षेत्रबहादुर वलीको १ घर र १ गोठ होतिराम वलीको १ गोठ पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । 

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना, नगद गरी करिब २० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि