जेठ ०४, २०८१, शुक्रबार
               

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

उच्च अदालतका मुख्य न्यायाधीशहर" कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू चुँडाल र सुवेदीलाई न्यायाधीश पदमा नियुक्त गरिएको हो ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतकाे मूख्य न्यायाधीशकाे रुपमा कार्यरत छन् । 

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो । उक्त अनुमोदनसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सोमबार नियुक्ति गरेकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि