चैत १६, २०८०, शुक्रबार
               

वैशाखभर शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

सरकारले देशका शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो 

त्यस्तै रात्रिकालीन व्यवसाय पनि सो अवधिभर बन्द गर्ने निर्णय गरेको छ । वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको हाे

सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको हाे । साथै स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि