बैशाख २०, २०८१, बिहीबार
               

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।

प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो । उनका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान सुरु गर्न लागेको हो । बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ ।

नयाँ गन्तव्यमा सातामा तीन उडान

बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ ६ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ । सुरुवाती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।

उनका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ । बुद्धले हाल ९ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ ।

यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

बुद्धले यही वैशाख १८ गतेदेखि सुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा चार हजार ५०० रुपैयाँ, पोखरा–विराटनगरमा ६ हजार रुपैयाँ, पोखरा–सिमरामा चार हजार ३००, पोखरा–भैरहवामा तीन हजार १००, भैरहवा–भरतपुरमा  दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा तीन हजार १०० रुपैयाँ भाडादर तोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि