बैशाख २०, २०८१, बिहीबार
               

सेती नदीले बगाएर एक बेपत्ता

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करिब ३० वर्षीय सूर्यबहादुर बोगटी रहेका छन् । 

दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

बाेगटीले लगाएको कपडा नदीको किनारामा भेटिको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएका कारण खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा एक जना डुबेर मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि