बैशाख २२, २०८१, शनिबार
               

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हिजो (शुक्रबार) देशका केही स्थानमा वर्षा भएसँगै आज बिहानैदेखि केही चिसो महसुस गरिएको छ ।

त्यस्तै, दिउँसो पनि देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै, देशका पहाडी भू–भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । 

यसैगरी राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका एक–दुई  स्थानमा चट्याङ, हावाहुरी रअसिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि