काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा परेको चट्याङका कारण दुई घरमा क्षति पुगेको छ ।
बिहीबार राति करिब एक बजेतिर परेको चट्याङ लागी आगलागी हुँदा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ विशालकुमार पौडेलको घरमा क्षति पुगेको हो।
मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएको बताइएको छ ।