मंसिर ०७, २०८१, शुक्रबार
               

म्यानमार सैनिकको कारबाहीमा एक नेपालीभाषी दम्पतीको मृत्यु

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । म्यान्मार सेनाको गोलीलागी एक नेपाली भाषी दम्पतीको मृत्यु भएको छ । मंगलबार भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।

गौतमदम्पती नजिकैको गोठबाट घर फर्किँदै गर्दा उनीहरुलाई गोली लागेको बताइएको छ । म्यान्मारको जगाईं प्रान्तमा पर्ने टमु सहरमा करिब चार हजार नेपालीको बसोबास रहेको छ ।

गौतम दम्पती तीन पुस्तादेखि त्यहाँका बासिन्दा थिए । उनीहरुले गाईपालन गरेर जीविका चलाउँथे । टमुका बासिन्दा तथा नेपाली साहित्यकार अमित घिमिरेले फोनमा जानकारी दिएअनुसार सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित ३ जनाको ज्यान गएको छ । ६ जना घाइते छन् । १६ जनालाई सेनाले पक्राउ गरेको छ ।

फेब्रुवरी १ मा त्यहाँ सेनाले शासनसत्ता आफ्नो हातमा लिएसँगै प्रदर्शनमा उत्रिएका वा प्रदर्शनकारीमाथि कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । सेनाको कारबाहीमा परी सातवर्षीया बालिकाको समेत मृत्यु भएको छ । 

यो पनि