बैशाख १३, २०८१, बिहीबार
               

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको मन्त्रालयले जनाएकाे छ । 

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन विद्यालय बन्दकाे तयारी मन्त्रालयले गरेकाे हाे । यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।


कस्तो लाग्यो ?

यो पनि